हेटौंडा – बागमती प्रदेश सभाको बैठक आज बस्दै छ ।
आज (आईतबार) अपराह्न ३ बजे बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत प्रदेश सभाको बैठक बस्न लागेको हो । यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमाले विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले संसदबाट विश्वासको मत पाउने अवस्था देखिँदैन । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ वटा दलमध्ये सबैभन्दा ठुलो दल नेकपा एमालेको तर्फबाट शाक्यले सरकारको नेतृत्व गरेकी हुन् । बागमती प्रदेशमा नेकपा एमालेको ४३, नेकपा माओवादी केन्द्रको २३, नेपाली काँग्रेसको २२, नेकपा एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको ३, नेमकिपाको २, राप्रपाको २ र जसपाको १ जना सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्दछन् ।
५६ सांसद् रहेको नेकपा एमाले विभाजनपछि भने ४३ जनामा खुम्चिएको हो । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त गठबन्धनको सरकार बन्ने निश्चित छ । गठबन्धनको सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले गर्ने निर्णय भएको छ ।
मुख्यमन्त्री शाक्यको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे प्रदेशसभामा प्रतिनिधित्व गर्ने साना दलहरु पनि तटस्थ बस्ने भएका छन् । साना दलहरु तटस्थ बस्दा मुख्यमन्त्री शाक्यलाई थप ८ मत कम हुन्छ । विश्वासको मत पाउन मुख्यमन्त्री शाक्यलाई ५७ मत आवश्यक पर्दछ । उता गठबन्धनमा रहेका दलहरुको बहुमत रहेका कारण शाक्यले विश्वासको मत पाउने सम्भावना भने न्यून छ ।
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज संसदबाट विश्वासको मत लिँदै
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar