काठमाण्डौ – नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई शपथ पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सरकारको नेतृत्व सम्हालेको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar