पाकिस्तान – पाकिस्तानको बलोचिस्तानमा भूकम्प गएको छ ।
बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा क्वेटा सहरका मानिसहरू भूकम्पपछि सडकमा बसिरहेको देख्न सकिन्छ ।
प्रारम्भिक रिपोर्टका अनुसार भूकम्पको तीव्रता ५।७ रेक्टर स्केलको रहेको थियो । सरकारी अधिकारीहरूले भवनहरू भत्किँदा मानिसहरूले ज्यान गुमाएको बताएका छन् । स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा १५० जना घाइते रहेका छन् । धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
उद्धार कार्य अहिले पनि जारी रहेको छ । रोयटर्स न्युज एजेन्सीका अनुसार मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् । सबैभन्दा धेरै क्षति हरनाई जिल्लामा भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । हरनाई प्रान्तीय राजधानी क्वेटाभन्दा पूर्वमा रहेको छ । बलोचिस्थानका गृहमन्त्री मिर जियाउल्लाह लाङ्गुले प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू खटाइसकिएको जानकारी दिएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar