धादिङ – एनेकपा माओवादी केन्द्र सिद्धलेक गाँउपालिकाका अध्यक्ष पुष्पराज थपलियाले सिद्दलेक गाउँपालिकाका जनप्रतिनिधीहरुले गरेका बदमासी, अनियमितता, अख्तियार दुरुपयोग र जनबिरोधी कार्यको भण्डाफोर गर्न स्थानियसामु आग्रह गरेका छन् ।
मंगलवार, गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवालसमक्ष ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष थपलियाले सिद्दलेक गाउँपालिकाका जनप्रतिनिधीहरुले गरेका बदमासी, अनियमितता र जनबिरोधी कार्यको भण्डाफोर गर्न आग्रह गरेका हुन् । त्यस्तै उनले सत्यतथ्य छानबिन गरी आर्थिक अनियमितता र भ्रष्टाचारमा जनप्रतिनिधीहरु नै सम्लग्न रहेकाले तिनीहरुलाई समेत आवश्यक कारवाही गर्न माग गर्दै जनतासामु आग्रह गरेका छन् ।
सिद्दलेक गाउँपालिकामा कृयाशिल ४ राजनितिक पार्टीहरु नेपाली काङ्ग्रेस,ने क पा माओबादी केन्द्र,ने क पा एकीकृत ९समाजबादी०र रा प्र पा को संयुक्त बैठक बसेको थियो । बैठकले गाँउपालिकामा ब्यापक अनियमितता भयको बिसयमा अध्ययन गर्दा गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवाल लगायतका जनप्रतिनिधीहरुको सम्लग्नतामा गाँउपालिकामा कृषि उपकरण हातेट्याक्टर खरिद, औषधि खरिद, डिपबोरिङ आयोजना, गोर्खा इकोप्यानल मार्फत निर्माण गरिएको गाउँपालिका र वडा कार्यालय भबन, सोलार बितरण, गाँउपालिकाको नाममा स्कार्पियो गाडी खरिद गरि जिल्ला समन्वय प्रमुखलाइ उपलब्ध गराएको, कर्मचारी नियुक्तिमा पार्टी कार्यकर्ता भर्ती गरियको, खानाखाजा, अतिथी सत्कार, इन्धन र जनप्रतिनिधिहरुको तलबभत्ता, शिक्षक नियुक्तिमा अनियमिता भएको उपभोक्ता समिति मार्फत गरिएको कामहरुमा व्यापक अनियमितता तथा अधिकांश योजनामा थुप्रै अनियमितता भयको पाइएको ठहर गरेको थपलियाले बताए ।
सिद्धलेक गाँउपालिकामा भ्रष्टाचार अनियमितता बढ्यो , नरोकिय आन्दोलन हुन्छ : रामशरण गिरी
उक्त बिषयमा गाँउपालिकामा क्रियाशिल ४ प्रतिपक्ष दलहरुको संयुक्त हस्ताक्षरसहित गाउपालिका अध्यक्षलाई प्रथम चरणमा ज्ञापन पत्र बुझाइएको उनले बताए । थपलियाले सिद्धलेकका जनप्रतिनिधीहरुबाट भएको जनबिरोधीकार्यको भन्डाफोर गर्न र सभ्य,पारदर्सि, समाबेसी र समृद्ध सिद्दलेक निर्माणमा एकजुट हुनसमेत सिद्धलेकबासीमा आग्रह गरेका छन् ।
धादिङको सिद्धलेकमा बेथीति र अनियमितता भएको भन्दै एमाले बाहेकका राजनितीक दलद्धारा छानबिनको माग
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar