धादिङ – नेपाली काँग्रेस सिद्धलेक गाँउपालिकाका सभापति रामशरण गिरीले सिद्धलेक गाँउपालिकामा भ्रष्टाचार अनियमितता बढेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलवार, नेकपा एमाले बाहेकका गाँउपालिकामा क्रियाशिल ४ राजनितिक दलको संयुक्त रुपमा ज्ञापनपत्र बुझाउदैं सभापति गिरीले यस्तो आपत्ति जनाएका हुन् । उनले गाँउपालिकामा नेकपा एमालेबाट प्रेमनाथ सिलवाल बिजयी भएपस्चात् सुरुवाती चरणबाटै जनताको आधारभुत आवश्यकता भित्र पर्ने स्वास्थ्य, शिक्षा खानेपानी लगायतका अनेकौँ क्षेत्रमा आर्थिक अनियमितता हुने गरेको भन्दै उक्त कार्य रोक्न समेत माग गरेका छन् ।
गाँउपालिका अध्यक्षको मिलेमतोमा कृषीजन्य सामाग्रीमा व्यापक अनियमितता भएको, गाँउपालिकाका पदाधिकारीहरुले मनोमानी गरेको, आफु र आफ्नो पार्टी निकटका ठेकेदार, व्यबसायी तथा कार्यकर्ताहरुलाई निर्माण ठेक्का, उपभोक्ता समितीमा राखी कमिशन र आर्थिकम चलखेल गरेको लगायतका आरोप लगाँउदै गिरीले उक्त कार्यबारे तुरुन्त छानबिन गर्नसमेत माग गरेका छन् ।
नेपाली काँग्रेसको अगुवाईमा प्रथम चरणमा प्रतिपक्ष दलहरु संयुक्त रुपमा ज्ञापन पत्र बुझाउन आएको बताँउदै गिरीले गाँउपालिकाको भ्रष्टाचार र अनियमितताकोे गत वर्षदेखी संचारमाध्यममा प्रकाशित समाचारको बिषयमा सत्यतथ्य छानबिन गर्नसमेत माग गरे । त्यस्तै गाँउपालिका अध्यक्षले उक्त बिषयमा चासो नदिए र बिकृती भ्रष्टाचार अनियमितता नरोकिय थप आन्दोलन का कार्यक्रम सार्बजनिक गरिने चेतावनीसमेत दिए ।
धादिङको सिद्धलेक गाँउपालिकामा बेथिती र आर्थिक अनियमितता भएको भन्दै एमाले बाहेकका विभिन्न ४ राजनीतिक दलले मंगलवार गाँउपालिकामा संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।
धादिङको सिद्धलेकमा बेथीति र अनियमितता भएको भन्दै एमाले बाहेकका राजनितीक दलद्धारा छानबिनको माग
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar