काठमाण्डौ – नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ ।
आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । योसँगै बैंकले यसपटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने नगद लाभांशतर्फ कुल ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ चर्चिनेछ ।
लाभांश भने नियामक राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ । गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar