काठमाण्डौ – इटालीमा एक महिलाले आफ्नो वक्षस्थलमा हात राख्दै कर्के नजरले हेरेपछी बबण्डर मच्चिएको छ ।
इटालीमा १९औँ शताब्दीमा लेखिएको एक कवितामा कविताको सम्मानमा उक्त कविताकी नायिकाको प्रतिमास्वरुप बनाइएको मूर्तिको विषयलाई लिएर बबण्डर मच्चिएको हो । १९औँ शताब्दीमा लेखिएको कवितामा कविताकी नायिकाको प्रतिमास्वरुप बनाइएको मूर्तिको विषयले २१ औँ शताब्दीमा आएर बहस र विवाद निम्त्याएको हो ।
तामाबाट बनाइएको यो महिलाको प्रतिमामाथि हाल विशेषगरी सेक्सिज्मलाई लिएर बहस चलेको छ । मूर्तिमा एक महिलालाई पातलो एवं पारदर्शी कपडा लगाइएको अवस्थामा चित्रण गरिएको छ । साथै महिलाको दायाँ हात आफ्नो वक्षस्थलमा राखेको र कर्के हेराइ देखाइएको छ । यो मूर्तिको भाव र मर्ममाथि यति धेरै विवाद बढेको छ कि धेरैजसो नेताहरु नै यो मूर्ति ढाल्नुपर्ने माग गरिरहेका छन् । विशेषगरी महिलावादी नेतृत्वकर्ताहरूले यसलाई ढाल्नुपर्ने माग उठाएका हुन् ।
मूर्ति इटालीको दक्षिणमा अवस्थित साप्री शहरमा बनाइएको छ । जुन प्रसिद्ध इटालियन कवि लुइजी मिरकन्तिनीद्वारा लिखित ‘ला स्पीगोलात्रिचे दी सप्री’ शीर्षकको कविताको सम्मानमा एक मूर्तिकारले बनाएका हुन् । महिला नेतृहरूको एक समूहले मूर्ति भत्काउन माग गरेको छ । उनीहरूले भनेका छन्, ‘एकपटक फेरि हामी आफैंलाई खाली एक यौनिक तरिकाले बनेको शरीरको रूपमा यस मूर्तिलाई देख्दा लाज लाग्छ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar