१४ असोज,काठमाण्डौ – सडक दुर्घटनाका बिरामीको मृत्युलाई लिएर राजधानीको कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा लफडा भएको छ ।
गत असोज ५ गते धादिङको गजुरीमा भएको सडक दुर्घटनामा परी गम्भिर घाईते भएका एहशान मिँया बढैको उपचारका क्रममा मृत्यु भएपछी अस्पतालले सुनियोजित तरिकाले मृत्यु गराएको भन्दै लफडा गरेका हुन् । दुर्घटनामा घाईते भएका मिँयालाई नेशनल अस्पतानलले शुधार भएको भन्दै आश्वाशन दिएको तर बुधवार साँझ मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिषरमा आन्दोलन गरेका छन् ।
बिरामीका आफन्तहरुले भने आज बिहिवार बिहानैदेखी अस्पताल परिषरमा जम्मा भई आन्दोलन गरेका छन् । उनिहरुले दुर्घटना गराउने ट्रकधनीको मिलेमतोमा अस्पतालले उपचारमा लापरबाही गरी मृत्यु गराएको भन्दै आन्दोलन गरेको बताएका छन् । अस्पताल परिषरमा दिनभर आन्दोलन भएपछी अस्पताल प्रशासनले भने केहिबेर अघी मात्र बिरामी अस्पताल ल्याएदेखी बेहोश रहेको तर मुटुको धड्कन रहुन्जेलसम्म मृत घोषणा नगरेको प्रतिक्रिया दिएको छ । त्यस्तै मृतकका आफन्तले उक्त घटनाबारे केहिबेरमा पत्रकार सम्मेलन गर्नेसमेत जनाएको छ ।
गत असोज ५ गते राती पृथ्वी राजमार्गस्थित् धादिङको गजुरीमा मलेखुबाट गजुरी जाने क्रममा मृतक मिंया सवार ना ४७ प ५८३३ नं. को मोटरसाईकललाई बिपरित दिषाबाट आईरहेको बा २ क ६४७० नं. को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भिर घाईते भएका मिंयालाई उपचारका लागी कलंकीस्थित नेपाल नेशनल हस्पिटल लगिएको थियो । मिँयाको उपचारको क्रममा हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको थियो ।
अस्पतालले मृत घोषणा गरेपनि मृतकका आफन्तले भने सुनियोजित तरिकाले मियाँको मृत्यु गराएको भन्दै अस्पताललाई आरोप लगाउँदै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar