१० असोज,धादिङ – नेपाली कांग्रेसले धादिङको १० स्थानिय तहमा पार्टी सभापति चयन गरेको छ ।
हिजो शनिवार जिल्लाभर भएको अधिबेशनले १० स्थानिय तहमा पार्टी सभापति चयन गरेको हो । जसमध्ये गंगाजमुना र सिद्दलेक गाउँपालिकामा नेतृत्वका लागि मतदान भएको थियो। मतदानबाट गंगाजमुनामा फैसिङ तामाङ र सिद्दलेकमा रामशरण गिरी सभापतिमा विजयी भएका छन् । त्यस्तै धुनिवेसी नगरपालिकासहित ९ पालिकामा भने सर्वसम्मत सभापति चयन भएको छ ।
धुनिवेसीमा सुरज उप्रेती, गल्छी गाउँपालिकामा दिपक कार्की, थाक्रे गाउँपालिकामा रामप्रसाद बिडारी, गजुरी गाउँपालिकामा भुमी कडेल, वेनिघाट रोराङ गाउँपालिकामा ऋषिनाथ त्रिपाठी, ज्वालमुखी गाउँपालिकामा रेशमराज काप्री, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती, खनियाबासमा मरिचमान तामाङ सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् ।
त्यस्तै नीलकण्ठ नगरपालिकाको मतदान शनिबार साँझ सुरु भएको केहिबेरमै रोकिएको थियो । मतदानस्थलमा दुई पक्षबीच विवाद हुन थालेपछि मतदान स्थगित गराएको हो । नीलकण्ठ नगरपालिकामा भिम ढुंगानाबाट पक्ष शम्भुसिङ ठकुरी र रामनाथ अधिकारी पक्षबाट ध्रुव रिजाल अध्यक्षका उम्मेदवार छन् । त्यहाँ आज पुनः मतदान हुने कांग्रेसले जनाएको छ ।
केन्द्रमा देखिएको गुटको प्रभाव नीलकण्ठ नगरपालिकामा प्रत्यक्ष देखिएको छ । धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका दिलमान पाख्रिन र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा देखिएका छन् । रुबिभ्याली, नेत्रावती गाउँपालिकामा पनि सर्वसम्मतको प्रयास भैरहेको नेपाली काँग्रेस निकट श्रोतले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar