१० असोज,काठमाण्डौ – साहस उर्जाको आईपीओमा आवेदन दिने आज आईतवार अन्तिम दिन हो ।
असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो । कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो । तर, गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन परिसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।
उर्जाको आईपीओमा सर्वसाधारणले १० कित्तादेखि १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हाल सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोसी जलविद्युत आयोजना बनाइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar