३ असोज,धादिङ – नेकपा (एकिकृत समाजवादी) पार्टीले जिल्ला कमिटि धादिङको कार्यालय संचालनमा ल्याएको छ ।
सदरमुकाम धादिङबेसीस्थित पुछारबजारमा स्थापना गरिएको पार्टी कार्यालय आजबाट औपचारिक रुपमा संचालनमा ल्याएको हो । पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा एसका केन्द्रिय सदस्य एवं केन्द्रिय कार्यालय सचिव गंगालाल तुलाधरले केपि ओलि नेतृत्वको एमालेमा सुधारको संकेत नदेखिएपछि अर्को पार्टी गठन गर्नुपरेको बताए । ‘पार्टी अर्को बनाउने हाम्रो चाहना थिएन, हामीले शुरुदेखि नै एकता हाम्रो चाहना हो भनेका थियौं । बाध्यकारी परिस्थितिमा मात्र विभाजन रोज्छौं भनेका थियौं’ उनले भने, ‘अन्तिमसम्म केपी ओलीले गर्ने व्यवहार हेर्छौं भनेका थियौं । उहाँहरुको सुधारको व्यवहार देखिएन ।’
एमालेमा सुधारको अवस्था नदेखिएकै कारण आफ्नो रगत पसिना भिजेको पार्टी नेकपा एमाले छाड्नुपरेको नेकपा एस केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटीले बताए । ‘हाम्रो भर्भराउँदो बैंसहरु हामीले पार्टी बनाउन खर्च ग¥यौं, पार्टीका नेताहरुको सिंगो जीवनको आधाआधी समय पार्टी बनाउन खर्च भएको छ, तर हामी बस्न पाएनौं’ बुर्लाकोटीले भने ।
नेकपा एस पार्टीले आजै नीलकण्ठ नगर कमिटि गठन गरेको छ । शिवनीधि खनाल इन्चार्ज, शिवराज सापकोटा सहइन्चार्ज चुनिएका छन् भने नगरकमिटिको संयोजकमा कुलमान वि.क., सहसंयोजकमा दामोदर अर्याल र सचिवमा शान्तविक्रम बानिया रहेका छन् । नगरपालिका भित्रका १४ वटै वडाबाट समेटेर ६१ सदस्यीय नगरकमिटि गठन गरिएको जिल्ला सचिव सुवास खतिवडाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar