२७ भदौ,काठमाण्डौ – नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र प्रसाद पाण्डे नियुक्त भएका छन् ।
आज हेटौंडा बसेको दलको बैठकले संसदीय दलको नेतामा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ ।
अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती सरकार अल्पमतमा परेको बेला गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्ने दौडमा रहेका पाण्डे संसदीय दलको नेता चयन हुनुलाई चासोका साथ हेरिएको छ । एमाले विभाजनपूर्व बागमती प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आएकी शाक्यले मुख्यमन्त्री पदको प्रलोभनमा माधव नेपालको साथ छाडेकी थिइन् ।
प्रदेशमा ५६ सांसदसहित स्पष्ट बहुमतमा रहेको एमाले नेता नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएसंगै ४३ सांसदमा खुम्चिन पुगेको छ । एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् । यता, गठबन्धनको तर्फबाट पाण्डेको नाम मुख्यमन्त्रीको चर्चामा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar