२६ भदौ,सङ्खुवासभा – गत केहि दिनअघी सङ्खुवासभामा भएको सामूहिक हत्या प्रकरणमा संलग्न एक आरोपी पक्राउ परेका छन् ।
काठमाण्डौंबाट गएको सिआईवीको टोली, प्रदेश प्रहरी र स्थानियहरुको संयुक्त टोलीले आशंका ब्यक्त गरी अनुसन्धानमा लिएको एक स्थानियले कार्की परिवारको सामुहिक हत्या गरेको भन्दै आफ्नो अपराध स्वीकार गरेपछी उक्त आरोपीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका हत्या आरोपी स्थानीय बासिन्दा नै रहेको प्रहरी स्रोतले जनाएको छ ।
गत सोमबार बिहान सङ्खुवासभाको मादी नगरपालिका – १ खोलागाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्याकाण्डमा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय एक व्यक्तिलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।
यद्धपी प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलाउन चाहेको छैन । व्यक्तिगत रिसिबीका कारण हत्या भएको आरोपीले स्विकार गरेको प्रहरीले जनाएको छ ।
गत सोमबार बिहान सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar