२५ भदौ,काठमाण्डौ – सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेश गरेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाँडले अध्यादेश पेश गरेका हुन् । अध्यादेश पेश गर्दा एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए ।
त्यसपछि बैठकले सांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar