२५ भदौ,काठमाण्डौ – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो वर्ष १८ प्रतिशत बोनस सेयर दिएको थियो । कम्पनीले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गर्नेछ ।
साधनाले हाल कायम २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँ चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् ६ करोड ४२ लाख ४५ हजार एक सय रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar