एजेन्सी – अफगानिस्तानस्थित राष्ट्रसंघका कर्मचारीमाथि तालिवानले बारम्बार दुव्र्यवहार गरेको राष्ट्रसंघले जनाएको छ ।
तालिवान शक्तिमा पुगेपछि आफ्ना कर्मचारीमाथि दुव्र्यवहार बढेको अफगानिस्तानका लागि राष्ट्रसंघका विशेष दूत डेबोराह लायन्सले गुनासो गरे । ‘हाम्रा कर्मचारीमाथि अपमान र दुव्र्यबहारका घटनामा भइरहेको बृद्धिप्रति हामी चिन्तित छौं,’ सुरक्षा परिषदको वैठकलाई सम्बोधन गर्दै लायन्सले भने ।
यसअघि तालिवानले सत्ता कब्जा गर्नुअघि कर्मचारीलाई धम्की, गालीग्लौज र दुव्र्यबहार गरेको रोयर्टसले जनाएको थियो । ‘अफगान जनताका लागि आवश्यक काम राष्ट्रसंघले गर्न सक्दैन किनकी हाम्रा कर्मचारीमाथि तालिवान लडाकुले अनावश्यक त्रास र धम्की दिएका छन,’ लायन्सले भने ।
तालिवानले मानिसको अधिकारको सम्मान गर्ने पश्चिमा मुलुकलाई बताए पनि उनीहरुले बारम्बार दुव्र्यबहार गरेको विवरण सार्वजनिक हुने गरेका छन् । राष्ट्रसंघका कर्मचारीमाथिको दुव्र्यबहारबाट आफू आक्रोेशित भएको अमेरिकी कूटनीतिज्ञ जेफ्री डीलाउरेन्टिसले भने ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar