२४ भदौ,काठमाण्डौ – नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्चले बिहीबार खारेज गरिदिएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले १४ औं महाधिवेशन रोक्न माग गर्दै वैद्यले सर्वोच्चमा रिट निवेदन दिएका थिए । नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने तय गरेको छ ।
जसअन्तर्गत भदौ १८ गतेदेखि विभिन्न जिल्लाका वडा तहमा वडा अधिवेशन सुरु भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar