२४ भदौ,काठमाण्डौ – तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को नतिजा शुक्रबार बाँडफाँड हुने भएको छ ।
आईपीओको मंगलबार प्रि-अलटमेन्ट सम्पन्न भैसकेको छ । उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड भदौ २५ गते, शुक्रबार गरिने आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म सर्वसाधारणहरुका लागि जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
अन्तिम दिनसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।
अन्तिम तथ्यांक हेर्दा ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी २३ लाख २१ हजार ९ सय ४८ जनाको भने हात खाली हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar