२४ भदौ,काठमाण्डौ – एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणलाई लिएर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा लफडा भएको छ ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाण्डौ आउने भएपछी एमसिसिको विरोध गर्दै आएको अधिबक्ता स्वागत नेपालको टोलीले सुमार बिरुद्ध बिमानस्थल परिषरमै नाराबाजी गर्न थालेपछी केहिबेर परिषरमा लफडा भएको हो ।
बिमानस्थल परिषरमा नाराबाजी गर्न थालेपछी विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै विरोध जनाएका थिए ।
एमसीसी कार्यन्वयनका लागि उपाध्यक्ष फातिमा सुमारको टोली आज बिहीबार बिहान काठमाडौं आइपुगेको छ । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई भेट गर्ने कार्यक्रम रहेको छ । एमसीसीको सम्बन्धमा आवश्यक छलफल गर्नका लागि भन्दै उनीहरु काठमाडौं आइपुगेका हुन् ।
यसअघीदेखी नै नेपालमा एमसीसी पास गर्न हुने र नहुने सम्बन्धमा विवाद हुँदै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar