२३ भदौ,काठमाण्डौ – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले पठाएको जवाफमा एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नभएको स्पष्ट पारेको छ ।
सरकारले यसअघी पठाएको प्रश्नहरुको आज जवाफ दिँदै एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नभएको स्पष्ट पारेको हो । पत्रमा भनिएको छ – नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ । ‘सबै एमसीसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसीसी कम्प्याक्ट अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौता हुन्,’ पत्रमा एमसीसीले भनेको छ, अन्य देशको अनुभवको आधारमा कम्प्याक्टको कार्यान्वयन कुनै ढिलाइबिना अघि बढ्न सकोस् भन्ने सुनिश्चितता गर्नका निम्ती कम्प्याक्टको सीमित पाँच वर्षे कार्यान्वयन अवधिको परिप्रेक्ष्यमा पनि विशेष रुपमा महत्वपूर्ण हुन्छ ।’ पत्रमा स्पष्ट लेखिएको छ ।
२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । एमसीसी पास गर्नेरनगर्नेबारे नेपालका दलहरु विभाजित छन् । आम जनस्तरमा पनि एमसीसीबारे सकारात्मक धारणा छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar