२३ भदौ काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
आज बसेको बैठकमा एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो । यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढंगले सञ्चालनको प्रयास गर्नेछन् ।
एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै बुधबार दुई पटकसम्म संसद अवरुद्ध पारेको गरेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोलेलगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्धसमेत नाराबाजी गरेका थिए ।
एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख सापकोटाले संसदको नियम २१ को खण्ड ‘ख’ र ‘ग’ को अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।
बैठक स्थगित गरेर सभामुखले संसदको गतिरोध हटाउने विषयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेपछि सहमति जुटेन भने दोस्रो पटकको बैठकमा पनि अवरोध जारी रह्यो । त्यसपछि पुनः १५ मिनेटको लागि स्थगित भएको बैठक बस्दै नबसी शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने निर्णय लिइएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar