२२ भदौ,धनगढी – सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
आज (मंगलबार) आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।
मन्त्री शाह, भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै सरकारमा गएका थिए । पहिला आन्तरिक मामिलामन्त्री बनेका शाहले गत जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्न पुगेका थिए । त्यस्तै राज्यमन्त्री गहतराज भने गत जेठमा मात्रै नियुक्त भएकी थिइन् ।
एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहराज यसअघि माधव नेपाल समूहमा थिए । सुदूरपश्चिम प्रदेशमा १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको नेकपा ९एस०ले सरकार सञ्चालन गर्ने तयारी गरेपछि मन्त्रीद्वय शाह र गहतराजले राजीनामा दिएका हुन् ।
अव सभामुखबाहेक २४ सांसद रहेको एमाले सुदूरपश्चिम प्रदेशसभामा भने १० सांसदसहित चौथो दलमा सीमित बन्न पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar