२० भदौ,काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिविरुद्ध परेको मुद्दा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याउनेमा राखिएको छ ।
उक्त मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको इजलासमा हुने भनिएको थियो । प्रधानन्यायाधीश राणाको इजलासले गएको दुई साताअघि कुलमान तथा त्यसअघि हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्दाको कागजात मगाएको थियो ।
गत साउन २२ गते आफूलाई गैर कानूनी रूपमा हटाएको दाबी गर्दै शाक्यले मन्त्रिपरिषद् कार्यालयसमेत विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । शाक्यले मन्त्रिपरिषद् र कुलमानलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।
विद्युत् प्राधिकरणबाट शाक्यको बहिर्गमन उनकै चाहना अनुसार सम्मानजनक रूपमा भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar