मन्त्रिपरिषद् विस्तार गर्न अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको गठबन्धनको बैठकमा पाँच दलका नेताहरु सहभागी छन् । बैठकमा गठबन्धनको स्थायी स्वरूप, सरकारलाई पूर्णता, अध्यादेशको बजेट, संवैधानिक परिषदका नियुक्ति, सरकारका प्राथमिकता, सत्य निरूपण र वेपत्ता आयोगको कार्य, जयसिंह धामी प्रकरण, रेशम चौधरीको रिहाइ लगायत विषयमा छलफल भइरहेको बुझिएको छ ।
गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारबारे आइतबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका थिए ।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा नेकपा एकीकृत समाजवादी र जसपालाई समेत सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तारको तयारीमा छन् ।
गत असार २९ गते प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले डेढ महिना बित्न लाग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar