७ भदौ,काठमाण्डौ – नेकपा (एकिकृत समाजवादी) निकटको भातृ संगठन युवा संघ नेपालका कोषाध्यक्ष दिपक दुवाडीले दश बुंदेको नक्कली आबरणमा नौ जना नेताहरु केपी ओलीको टाङमुनि छिरेको आरोप लगाएका छन् ।
सोमबार साँझ शुभयुग मिडियासंगको कुराकानीको क्रममा कोषाध्यक्ष दुवाडीले लामो समयदेखी माधव नेपाल निकट रहेका भीम रावलसहितका नौ जना नेताहरु पार्टी एकता जोगाउने भन्दै दश बुंदे सहमतीको नक्कली आबरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि छिरेको आरोप लगाएका हुन् ।
त्यस्तै आज नेपाल निकट मानिएका नेताहरु एमाले अध्यक्ष ओली निवाशमा गएपछी युवा संघले पनि बिज्ञप्ति प्रकाशित गरी १० बुँदे सहमतिलाई ‘कथित सहमति’ भन्दै त्यसको भ्रममा नपर्नसमेत आग्रह गरेको छ।
एमाले एकता पक्षधर नेताहरुले आज ओलीसँग पार्टीमा रहने सहमति गरेपछि युवासंघले नयाँ पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान समेत गरेको छ । कथित १० बुँदे सहमतिको भ्रममा नपर्नसमेत संघले आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar