७ भदौ,हेटौंड – बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मापदण्ड विपरीत सवारीसाधन खरिद गरेको खुलाशा भएको छ ।
प्रदेश सरकार मातहतको मन्त्रालय र निकायहरुले गत आर्थिक वर्ष २०७६/०७७ मा मापदण्ड विपरीत ३३ करोड १४ लाख ४२ हजार रुपैयाँको सवारी साधन खरिद गरेको खुलाशा भएको हो । सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन, २०७४ अनुसार महाशाखा प्रमुख तथा कार्यालय प्रमुखलाई बढीमा ३० लाख रुपैयाँसम्मको सवारी साधन उपलब्ध गराउने व्यवस्था भएपनि बागमती प्रदेश सरकारले उक्त मापदण्डको पालना नगरी सवारी साधन खरिद गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा बागमती प्रदेश सरकार मातहतका विभिन्न निकायहरुको सवारी साधन खरिद खर्चतर्फ २५ दशमलव १८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७५र०७६ मा बागमती प्रदेश सरकारका मातहतका निकायहरुले सवारी साधन खरिदमा २६ करोड ४७ लाख ७९ हजार रुपैयाँ खर्च गरेका थिए ।
प्रदेश मन्त्रालय र मातहत निकायले सवारी साधन खरिद भएको वृद्धिसँग मर्मत र इन्धन खर्च समेत वृद्धि हुने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै प्रदेश सरकारले सवारी साधन खरिद गर्दा मापदण्डको पूर्ण रुपमा पालना गरी मितव्ययिता कायम गर्न प्रतिवेदनमार्फत महालेखा परीक्षकको कार्यालयले सरकारलाई सुझावसमेत दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar