“हाम्री छाेरी अब शहर जान्छिन, मन त छाेरा छाेरी संगै गाउँमै बस्ने र उनीहरू लाई पनि संगै राख्ने नभएको हाेइन् तर उनीहरूकाे भविष्य निर्माणमा सघाउन पनि हामीले बाटाे खुल्ला गर्दिनु पर्छ कि कसाे छाेरीकाे बुबा?” आमा खुसि हुँदै मलाई अब शहर पठाउने र दिदीसंगै राखेर पढाउने कुरामा निश्चिन्त देखिनु भएकाे थियाे।
कक्षा १२ काे अन्तिम परीक्षा दिएपछिनै मलाई शहरमा गएर पढ्ने रहर जागेकाे थियाे। परीक्षाको नतिजा अनुकुल आएपछि त झनै मलाई सहज भएकाे थियाे। “छाेरीले शहरमा गएर माथिल्लो घरकाे सरिताले भन्दा राम्राे संग पढ्नु, राम्राे नतिजा हांसिल गर्नु।” बुबा मलाई हाैसला दिदै थप भन्नुहुन्छ ; ” तैले पढाइको मात्र चिन्ता लिनु अरु कुरा हामी मिलाउछाै। पढाइमा राम्राेसंग ध्यान दिनु, धेरै साथी नबनाउनु, खर्च कम गर्नु। ” बुबाकाे कुराले म भाबुक बने।
उक्त दिन निकै रमाइलो तवरले बित्याे । भाेलीनै शहर जाने कुराले मन निकै रमाएकाे थियाे। शहरमा रहेकी दिदीलाइ फाेन गरेर नतिजाको बारेमा सुनाएँ र अब म पनि शहर आउने कुरा भने। दिदी निकै खुसि हुदै बधाई दिनुभयाे र जिस्काउदै भन्नुभयाे ; ” कान्छी अब ठुली भइ, गाउँमा सबैले लिलि भनेर बाेलाउने हाम्री प्यारी लिला अब शहरमा बसेर पढ्ने भइ।” दिदीकाे कुरा सुनेर नमज्जा लागे पनि त्यस कुरालाई खासै वास्ता गरिन ।
भाेलिपल्ट शहर जाने तयारी सुरु भयाे। आमाले बारीमा भएको फलफूल, तरकारी जेजस्तो छ ठिक पार्नुभयाे। अलिकति चामल, घिउ र भैसिकाे दूध समेत तयार पारी झाेला भर्दिनु भयाे। शहर जान हाैसिएकाे म कतिबेला गाडी आउला र जाँउला भनी बेग्र प्रतिक्षामा रहेँ।
आमाले भन्दै हुनुहुन्थ्यो ;” हेर नानी गाउँमा जस्तो शहरमा हुदैन, खर्च धेरै हुन्छ, दिदीकाे पनि कमाइ छैन, भिनाजु एकजनाकाे कमाइले मात्र शहरमा बाँच्न गार्हाे हुन्छ, तँ खर्च एकदम कम गर्नु, बिदा भएकाे बेला घरमा आउने गर्नु, अलिअलि सामान र पैसा हामी यताबाट पठाउछाै। तँ ढुक्कसँग पढाइमा मात्र ध्यान दिनु।” आमाकाे उक्त कुराले केही नरमाइलो लागे पनि घर छाेड्ने बेला आमा बा लाई खुसी बनाउने प्रयास गरेँ र सफल भएँ।
गाडी आइपुग्याे, म गाडी चढेँ। गाडी चढेसंगै मेराे काठमाडौ शहरकाे यात्रा सुरु भयाे । मेराे गाउँ, घर, भिर, पाखा, पखेरा, बन, जंगल, पानी पधेराे, खेत, वारि संगकाे सम्बन्ध दुर हुँदै थियाे भने धुलाे, धुवा, प्रदुषण, हाेहल्ला र काेलाहल संगकाे सम्बन्ध नजिक हुँदै थियाे। बिच बाटाे देखिनै दिदी लाई फाेन गरिरहेकाे थिँए। मैले घरमा रहेकाे एउटा सामान्य माेवाइल बाेकेकाे थिँए। शहर पुगेपछि दिदीले भन्नुभएको ठाँउमा गाडीबाट झरे र दिदीलाइ कुर्न बसे। करिब बीस मिनेट पछि दिदीसंग भेट भयाे र भेट हुनासाथ दिदीले फेरि पनि बधाई दिदै अंगाल्नु भयाे। म भावुक बने। त्यसपछि सरासर काेठा तिर लाग्याै।
शनिबारको दिन भएकाले भिनाजु काेठामानै हुनुहुँदाे रहेछ। खाजा बनाउन व्यस्त भिनाजुले हामी लाई देख्ने बित्तिकै मलाई बधाई दिदै गाउँ बाट केके काेशेली ल्याएको छाै भन्दै जिस्काउन थाल्नु भयाे। मैले झाेला दिएँ। हामीले एकछिन रमाइलो कुरा गर्याैँ। त्यसै क्रममा भिनाजुले भन्नुभयाे :” लिला तिमी अब ठुली भयाै, घरकाे कान्छी छाेरी हाेइन तिमी कान्छाे छाेरा हाै। अब तिमी ले हाम्राे अपेक्षा अनुसार राम्रो गरेर देखाउन पर्छ।” मैले हुन्छ भनी सहमतिमा टाउकाे हल्लाए। भिनाजु भन्दै हुनुहुन्थ्यो :” तिमी अब शहरमा शहरको तरिकाबाटनै रहनु पर्छ, तिमले राम्रो अंक ल्याउन सफल भएको उपलक्ष्यमा हामीले एउटा माेवाइल दिने बिचार गर्याैँ । लाउ तिम्राे नयाँ माेवाइल।” भिनाजुकाे कुरा र गिफ्टले म त झसङ्ग भएँ। एकदम खुसी लाग्याे र रमाउदै माेवाइल समाएँ।
काठमाडौ जाने, कलेज छनाैट गर्ने र भर्ना गर्ने काम निकै छिटाे सकियाे। म अर्काे हप्ता बाट कलेज गएँ। साथीहरू संग कमै मात्र बाेल्न रुचाउने मैले बिस्तारै नयाँ नयाँ साथीहरू बनाउदै गएँ। सुरुका दिनहरुमा प्रिती, लक्ष्मी, कुसुम र रक्षाले साथ दिएका मलाई पछिल्लो दिनहरुमा ललिता, सम्झना, सविना र किरणले साथ दिए। केटाहरु संग भने म टाढानै रहन खाेजेता पनि नवीन, सराेज, सन्तोष र सन्दिप संग म बिस्तारै नजिक हुँदै गएँ।
साथीहरू संग एकापसमा सामाजिक सञ्जालमा कुरा गर्ने क्रम सुरु भइसकेको थियाे। सुरुवातमा केटा साथीहरु संग कम र केटी साथीहरू संग बढी संवाद हुने गर्दथ्याे तर समयकाे चाल संगै केटा साथीहरू प्रति आकर्षण बढ्दै गयाे। म लजालु स्वभावकाे भएतापनि केटा साथीहरू संग खुलेर बाेल्न सुरु गरेकाे थिएँ।
केटा साथीहरू मध्ये मेराे ध्यान सराेजमा ठाेकिएकाे थियाे। झट्ट हेर्दा राम्रो शारीरिक बनावट भएको सराेजले कुरै कुरामा मेराे मन जितेकाे थियाे। हरेक कुरालाई सहज तरिकाबाट लिने उ जे भन्दा पनि नरिसाएर मुसुक्क हास्दथ्याे। म त्यही हासाेमा भुतुक्क भएकाे थिएँ। मेराे मनाेभाव र आकर्षण लाई बुझेर सराेजले म एक्लै भएकाे बेला मेराे नजिकै आएर अनाैठाे तवरबाट प्रेम प्रस्ताव राख्याे ।
मेराे साेचाइ अनुरुपकै भएतापनि अकस्मात् ढंगबाट आएकाे उसको प्रस्ताव स्वीकार गरूँ कि नगरूँ भन्ने कुरा मनमा खेल्नै सकेन, मनमनै झट्टै स्वीकार गरेँ तर उसलाई त्यतिबेला भन्न सकिन, लजाएर कक्षाकाेठा तर्फ लागेँ। बेलुका उसले त्यही कुरा लेखेर म्यासेज पठायाे। म एकछिन बाेलिन। उसले हतारहतार मलाई वारम्वार म्यासेज पठाइरह्याे। मैले प्रतिक्रिया नजनाइ बस्न सकिन। उसलाई प्रस्ताव स्वीकार गरेकाे कुरा खुल्ने सन्देश पठाएँ। उ खुसिहुँदै दंग पर्याे । म प्रफुल्ल भएँ।
कुरा गर्दा गर्दै कतिबेला मध्यरात भएछ पत्तै भएन। उसले फाेनमा बाेल्ने रहर प्रस्तुत गर्याे तर दिदी भिनाजु उता अर्को काेठामा हुनु भएकाले मैले हुदैन भने। उ केहि निराश भयाे। उसलाई खुसी बनाउन मैले बिदाकाे दिन कतै घुम्न जाने कुरा गरेँ । उ पुनः एकदम खुसी भयाे। बिदाको दिन आउन अझै पाँच दिन बाकि रहेकाले हामीले निरन्तर कुरा गरिरहेका थियौँ । कलेजमा भेट हुँदा भने अरुले शंका गर्लान भनेर खासै कुरा गर्ने थिएनौं ।
बिदाकाे दिन नजिकिँदै थियाे। हाम्राे भेट्ने कुरामा निश्चित थियाे। दिदीलाइ के बाहना बनाउँ भनेर साेचे र बिचार गरे साथीहरू संग मिलेर चलचित्र हेर्न जाने कुरा छ भन्छु पक्कै पत्याउनु हुन्छ। मेराे याेजना अनुसार दिदीलाई भनेँ, दिदीले कुनै प्रश्न नगरी हुन्छ जाउ भन्नुभयाे। म एकदम खुसि भएँ।
पुर्व निर्धारित याेजना अनुसार हामी भेट्यौं र गाडी चढेर नजिकैको पार्कमा पुग्याै। आफुले अत्याधिक मन पराएकाे मान्छेसँग दिन बिताउन पाउने कुराले म निकै हाैसिएकाे थिएँ। पार्ककाे एकान्तमा पुगेपछि उसले मेराे हातमा उसकाे हात राख्दै भनेकाे थियाे ;” तिमी त मेरालागि आशिर्वाद बनेर आयाै। मेराे अर्थहीन जीवनकाे अर्थ र महत्त्व बुझाउने काम गर्याै, अस्तव्यस्त जीवनलाई सहि ठाउँमा ल्यायाै, तिमि त मेरा लागि भगवान हाै, मैले पुज्ने देवता हाै। ” उसकाे कुरा सुनेर म प्रफुल्ल भएँ। कसैकाे जीवनमा रङ भर्न सक्नु मेराे सफलता थियाे।
हामीले यी र यस्तै कुरा गरेर त्यस दिन बितायाैँ। संगै रहदा रहदै दिन बितेकाे पत्तै भएन। अब छुट्टिनु पर्ने बेला हुन लागेकाे थियाे उसले अनुराेधकाे शैलीमा बिन्ती गर्दै भन्याे ;” तिमीले अफ्ट्यारो मान्दिनाै भने एउटा कुरा भन्छु??” मैले सहमतिमा टाउकाे हल्लाए। उसले एक दुईवटा फाेटाे खिचाैँ भन्याे, मैले सहर्ष स्वीकार गरेँ र एकापसमा अंगालो मा बाधिएर फाेटाे खिच्याैँ अनि आआफ्नो स्थान तर्फ फर्कने तरखर गर्याैँ। चाडैनै काेठामा फर्किएकाले मलाई दिदीले शंका गर्ने कुनै ठाउँ रहेन्।
अघिल्लो दिन अंगालोमा बाधिएर माया साटासाट गरेकाे मान्छेलाई भेट्दा, देेख्दा कसरी प्रस्तुत हुने भन्ने दुविधा मनमा रह्याे। एकातिर मनकाे डर अर्कोतिर साथीहरूले जिस्काउलान भन्ने लाज, म केही साेच्नै सकेकाे थिइन। त्यस दिन सराेजलाइ टाढैबाट नियालेर हेरी उसलाई हेर्ने मनको रहर पुरा गरेँ।
बेलुका काेठामा फर्किएर उसलाई म्यासेज गरेँ। उसले म व्यस्त छु पछि कुरा गराैला ल भन्याे मैले हुन्छ भनेर उसकाे म्यासेज काे प्रतिक्षामा बसेँ तर केही प्रतिक्रिया आएन्। भाेली पल्ट उ कलेज पनि आएन। म एकदम दुखित भएँ। मैले फेरि म्यासेज गरेर साेधेँ ;” तिमीलाई के भयाे? कलेज पनि आएकाे छैनौं , म संग बाेलेकाे पनि छैनाैं?” उसले निकै समय पछि रिप्लाई दिदै भन्याे ;” घरमा आमा बिरामी हुनुहुन्छ, म पछि कुरा गर्छु।” मैले सहमति जनाएँ। त्यसकाे केही समय सराेज हरायाे, कुरा पनि गर्न रुचाएन्। मैले उसलाई समस्या परेकाे हाेला भनेर मन बुझाएँ।
करिब एक हप्ता पछि उसले म्यासेज गर्दै भन्याे ;- ” लिला म तिमी लाई भेट्न चाहान्छु।”
मैले भने ;” हुन्छ, कलेजमा परीक्षाकाे समय आउदैछ, तयारी बिदाकाे दिन भेटाैँला।”
उसले भन्याे ;-” अब हामी भेट्न बिदाकाे दिन कुर्न पर्दैन ।”
मैले कुरा बुझिन र साेधेँ ;” के भन्दै छाै तिमि? कसरी भेट्ने हँ?”
उसले भन्याे ;” दिउँसो हाे हाम्रो पढाइ हुने राति त हुदैन नी, राति भेटाै हामी ।”
म उसकाे कुराले अत्तालिएँ र हत्तपत्त भनेँ;” याे के भन्दै छाै तिमी? राति भेट्ने? म बाट त्याे संभव छैन। ”
उ रिसाउँदाे पाराले भन्न थाल्याे ;” मलाई माया गरेकाे रहेनछाै।”
मैले भनेँ ;” माया गर्छु, नगरेकाे भए भेट्न जान्थे? तिमिले भनेकाे मान्थे त? ”
उसले भन्याे ;” म अरु कुरा जान्दिन संगै रात बिताउन मान्ने कि नमान्ने?”
मैले भनेँ ;” नाइ म रातकाे समयमा भेट्न सक्दिन।”
उसले धम्कीको लवजमा भन्याे :” हेर केटि तँ रात बिताउन नचाहने भए, पहिले भेट्दा खिचेकाे तेराे र मेराे अँगालेर के के हाे गरेकाे फाेटाहरु म संग छ। हाे ती फाेटाहरु कलेजका सबै साथीहरू लाई देखाउँछु र तेराे बेइज्जत गर्छु । ”
उसकाे यस कुराले म निकै अत्तालिएँ र भनेँ :” मेराे मायाकाे र मेराे कमजोरीकाे फाइदा उठाउन नखाेज, म त बर्बाद हुन्छु, त्यसाे नगर।”
मैले गरेकाे अनुराेधलाइ नकार्दै उसले भन्याे :”तलाइ दुई दिनकाे समय छ, साेचेर बिचार गर्नु।”
त्यसपछि उ गायब भयाे। म भिरबाट खसेझै भएँ। निकैनै माया गरेर झट्टै बिश्वास गरेकाे मान्छेबाट यस्ताे अपेक्षा मैले राखेकाे थिइन् । मेराे साेचाइ भन्दा उ एकदम फरक निस्कियाे। मैले आफुलाइ चिन्न सकिन, मैले साथीलाई पनि चिन्न सकिन। उसले त मायाकाे नाटक गरेर केवल मेराे शरीरसंग खेल्ने चाहना राखेकाे रहेछ । मैले बल्ल कुरा बुझेँ।
परीक्षा नजिकिँदै थियाे। मैले पढाइमा ध्यान केन्द्रित गर्न सकेकाे थिइन् । दुई दिनदेखि कलेज गएकाे थिइन् । काेठामा बस्दा पनि मन भने उसको बाेली र व्यवहारले गर्दा झसङ्ग झसङ्ग हुने गरेकाे थियाे। खानमा रुचि थिएन। त्यस बदमास केटाले कस्ताे कदम चाल्ने हाे भन्ने मात्र पिर पर्न थालेकाे थियाे।
मैले के गरुँ र के नगरुँ भन्ने निर्णय लिन सकेकाे थिइन् । घर परिवारलाई याे कुरा सुनाउँ भने कसरी सुनाउ के साेच्ने हुन भन्ने पिर थियाे। उहाँहरूलाई बिश्वास घात गरेकाे ठहरिन्थ्याे। कसैलाई नभनु त पिडाले मन जलेर सम्हाल्नै नसक्ने अवस्थामा पुगेकाे थिएँ।
क्षणिक आवेगमा आएर आफुमाथी नियन्त्रण गर्न नसक्दाकाे नतिजा मैले यस रुपमा भाेग्न परेकाे थियाे। मेराे बिग्रदाे अवस्थालाई नियाली रहनु भएकाे दिदीले नजिक आएर साेध्नुभयाे ;” के भयाे कान्छी तँलाई ?? आजकल सञ्चाे छैन र?” उहाँलाई के जवाफ दिउँ भनी एकछिन साेचेर भने ;” ज्वराे आउला जस्ताे भएर सञ्चाे भएकाे छैन। अरु सब ठिक छ।”
मैले जीवनमा बनाएकाे पहिलाे बाहना सायद सत्य हाेला भनेर दिदीले आराम गरेर बस भन्नुभयाे। शरीर लाई त आराम हाेला तर मनलाई कसरी आराम दिउँ म कसरी!!! कसरी!!!!!
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar