४ भदौ,काठमाण्डौ – प्रस्ताबित् नेकपा एमाले समाजवादीले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम परिवर्तन गरेको छ ।
आज शुक्रबार, माधव नेपाल पक्षले प्रस्तावित् नाम अर्को पार्टीसंग मिल्दोजुल्दो देखिएको भन्दै निर्वाचन आयोगको प्रतिक्रियापछी प्रस्ताबित् नाम परिवर्तन गरेको हो । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । आज नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।
यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोग स्रोतले बताएको थियो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो । नाम परिवर्तन गर्न आयोगमा जाने क्रममा नेता पाण्डेले अव नेकपा एमाले हैन ‘नेकपा एकीकृत समाजवादी’ भन्दै प्रतिक्रिया दिएका थिए ।
त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्याइएको पनि पाण्डेले बताए । ‘चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन । नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो ।अहिले त्यसलार्य हामीले परिमार्जित गरेका छौँ ।’ – पाण्डेले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar