४ भदौ,काठमाण्डौ – माधवकुमार नेपाल समूहद्धारा प्रस्तावित पार्टीको नामलाई निर्वाचन आयोगले अस्वीकृत गरिदिएको छ ।
आज निर्वाचन आयोग र प्रस्तावित् एमाले समाजवादी पार्टीबिच आयोगमा भएको छलफलमा आयोगले प्रस्तावित् नाम पुर्ववत पार्टीसंग मिल्दोजुल्दो भएकाले अर्को नाम जुरुाउन सुझाव दिएको हो । आयोगको सुझावसंगै अव नेपाल समूहको पार्टीको नाम परिवर्तन हुने भएको छ । निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेको पार्टीको नाम अस्वीकृत भएपछि सो समूहले अर्को नाममा अहिले छलफल गर्दैछ ।
नेकपा एमाले (समाजवादी) राखेर निर्वाचन आयोगमा निवेदन बुझाए पनि आयोगले पार्टीको नाम फरक राख्न अर्थात् अर्को पार्टीसँग मिल्दोजुल्दो नराख्न भनेपछि नयाँ विकल्पमा छलफल भएको हो ।
त्यस्तै पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राख्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar