एजेन्सी – अफगानिस्तानमा उडिरहेको अमेरिकी सैन्य विमानबाट १७ वर्षीय फुटबल खेलाडीको मृत्यु भएको छ ।
गत सोमबार काबुलमा उडिरहेको अमेरिकी सैन्य विमानबाट खस्नेमा एक जना १७ वर्षीय अफगानी फुटबल खेलाडी पनि रहेको पुष्टि भएको हो । तालिबानले अफगानिस्तान कब्जामा लिएपछि देश छोड्ने क्रममा राष्ट्रिय युवा फूटबल टोलीका सदस्य जाकी अनवारीको विमानबाट खसेर मृत्यु भएको पुष्टि भएको छ । गरिब परिवारबाट आएका अनवारी निकै मेहनती खेलाडी थिए । अफगानिस्तानमा तालिबान आएसँगै खेलकुद क्षेत्र अन्धकार भएकाले उनी अन्य देशमा जान चाहान्थे । तर, उनको सपना पूरा हुन पाएन ।
अफगानिस्तान खेलकुद संघका मिडिया सम्बन्ध प्रमुख अरेफ पेम्यानले तालिबान आएपछि उनी निराश भएको र बाहिर गएर राम्रो जीवन बाँच्ने इच्छाका कारण भाग्न खोज्दा मृत्यु भएको जानकारी दिए । २० वर्ष अगाडि अफगानिस्तानमा तालिबानले खेलकुदलगायतका क्षेत्रमा कडा प्रतिबन्ध लगाएको थियो । फेरी पनि उस्तै नियति भोग्नुपर्ने अवस्थाका कारण अफगानी खेलाडीहरु चिन्तित बनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar