४ भदौ,काठमाण्डौ – प्रोग्रेशिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको बैठकले रिक्त सञ्चालकमा विकाश महर्जनलाई नियुक्त गरेको छ ।
इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेका महर्जनले नेपाल राष्ट्र बैंक, नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल टेलिकम, नेपाल स्टक एक्सचेन्ज लगायत झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थामा सूचना प्रविधि विशेषज्ञका रुपमा काम गरिसकेका छन् ।
यसबाहेक उनले प्रभु टेक्नोलोजीको प्रमुख कार्यकारी अधिकृत तथा प्रभु समूहमा महाप्रबन्धकका रुपमा समेत काम गरिसकेका छन् । हाल सूचना प्रविधिसँग सम्बन्धित विशेषज्ञ सेवा उपलब्ध गराउने कार्यमा संलग्न महर्जनले देश विदेशबाट विभिन्न प्राविधिक तालिम तथा सेमिनारहरुमा सहभागी भइसकेका छन् । फाइनान्सको सञ्चालक समितिमा उनको नियुक्तिबाट संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास फाइनान्सका अध्यक्ष किशोर महर्जनले व्यक्त गरेका छन ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल १५ वटा शाखा तथा ५ वटा विस्तारित काउन्टर मार्फत सबै बैकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar