२ भदौ,काठमाण्डौ – नेकपा एमाले माधवकुमार नेपाल निकट रहेकी एमाले प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छिन् ।
पार्टी फुटको संघारमा माधव नेपाल समुह त्यागी ओली समुहमा लागेकी नेतृ शाक्यलाई ओली समुहले वागमती प्रदेशको मुख्यमन्त्रीको बक्सिस दिएको हो । आज बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएकी शाक्यले ३ सदस्यिय मन्त्रीमण्डलसमेत बिस्तार गरेकी छिन् ।
नवनियुक्त मन्त्रीहरुमा नेता कृष्ण खनाल र केशवराज पाण्डेलाई नियुक्त गरेकी छिन् । शाक्यले खनाललाई सामाजिक विकास मन्त्री र पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । खनाल नेपाल निकटका नेता हुन् भने पाण्डे ओली निकटका हुन् ।
आज बुधबार मुख्यमन्त्रीको सपथग्रहण पस्चात् भने शाक्यको विषयलाई लिएर ओली समुहमा निद हराम भएको छ । विपक्षी गठबन्धनबाट मुख्यमन्त्री निर्वाचित हुने सम्भावना नदेखेपछि अष्टलक्ष्मी शाक्यले राजनीतिक चलाखी गर्न थालेको चर्चा चलेको छ। नेपाल समूहकी प्रतिवद्ध मानिएकी नेतृ शाक्यले ओली समूहको विश्वास जित्दै बागमती प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित हुने र सपथ ग्रहण पस्चात् नेपाल समुहमा फर्किने तयारी गरेपछि उनको चलाखीबारे चर्चा हुन थालेको हो।
नेकपा एमाले विभाजनको तयारी पुरा भइरहेका बेला मुख्यमन्त्रीमा निर्वाचित भैसके पस्चात् शाक्यको माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको अहिले ओली समुहमा चर्चा चलेको छ । माधव नेपाल पक्षकी एमाले उपाध्यक्ष शाक्य पार्टी विभाजनको विपक्षमा उभिएको बताएपछि उनलाई आजै साँझ वागमतिको मुख्यमन्त्री बनाईएको एमाले स्रोतले बताएको छ।
स्रोतका अनुसार नेतृ शाक्यले एमाले वरिष्ठ नेता नेपालसंगकै परामर्शमा मुख्यमन्त्रीको सपथ लिएकी हुन्। एमालेमा केपीको कट्टर आलोचक मानिने शाक्य निष्ठावान् नेतृ मानिन्छिन्। उनले पार्टीभित्र ओलीको स्वेच्छाचारी कदमको निरन्तर आलोचना गर्दै आएकी छिन्। पछिल्लो समय सार्वजनिक अभिव्यक्ति दिन छोडेकी भएपनि शाक्यले मुख्यमन्त्री बन्न सकिने सम्भावनाबारे माधव नेपालसँग पटकपटक छलफल गरेको स्रोत बताउँछ।
मुख्यमन्त्री बन्ने सम्भावना भए लचिलो बाटो अपनाउन नेपालले समेत ग्रिन सिग्नल दिएपछि शाक्यले मुख्यमन्त्रीका लागि अग्रसरता देखाएकी हुन्। सोहि अनुरुप शाक्यले आज साँझ मुख्यमन्त्रीको सपथ लिएकी हुन् ।
ओलीले नेपाल समूह फुटाउन जस्तोसुकै हतकण्डा अपनाउन थालेपछि नेपाल समूहले पनि ओली समूहलाई छल्न नयाँ जुक्ति निकालेको माधव नेपाल निकट श्रोत बताँउछ । स्रोतका अनुसार प्रदेशसभामा ओली समूहको समेत विश्वास जितेर अष्टलक्ष्मी मुख्यमन्त्री निर्वाचित भएकी हुन् । अहिले उनी उद्धेस्य पुरा भएको भन्दै नेपाल समूहमा फर्किने तयारी गर्दै छिन्।
नेकपा विभाजनपछि सांसद पद गुम्ने डरले ओलीतिर लागेका केही नेताहरूसमेत नेपाल समूहमै फर्किने तयारी गरिरहेको स्रोत बताउँछ। कतिपय नेताहरू भने विभाजनपछिको शक्ति सन्तुलन हेरेर निर्णय गर्ने भन्दै ‘पर्ख र हेर’को अवस्थामा रहेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar