२ भदौ,धादिङ – धादिङबेसी – मलेखु सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
धादिङबेसी – मलेखु सडकखण्ड अन्तरगत ससाहमा धादिङबेसीतर्फ जाँदै गरेको बा ५ ख १२५० नं. को बसले सोहि दिषातर्फ जाँदै गरेको बा १६ प ६६८५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नीलकण्ठ ३ रिजालथोककी ३५ सुशीला भुजेलको मृत्यु भएको हो ।
साँघुरो सडकमा बसले ओभर्टेग गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी भुजेललाई उपचारको लागि धादिङ अस्पताल पुर्याइएको थियो । अस्पताल पुगेको केहिबेरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar