२ भदौ,मकवानपुर – नेकपा एमाले वागमती प्रदेशको संसदीय दलको नेता परिवर्तन गरेको छ ।
आज मंगलवार, वागमती प्रदेशको एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएलगत्तै प्रदेश सभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।
पौडेलको राजीनामापछि बसेको संसदीय दलको प्रस्तावमा एमालेले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरिएको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजीनामा दिने र भोलिसम्ममा शाक्य मुख्यमन्त्री बन्ने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar