२ भदौ,काठमाण्डौ – मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले रु.१७ करोड बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय ११ कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।
कम्पनीले उक्त प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा बिओके क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्मा र मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar