१ भदौ,काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत र एकपक्षीय निर्णय फिर्ता लिएमात्र पार्टी एकता सम्भव रहेको बताएका छन् ।
आज (मंगलवार) आफू पार्टी निकट जनसङ्गठनका पदाधिकारीलाई भर्चुअल सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले यसबीचमा गरेका ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिए मात्र पार्टी एकता सम्भव हुने अन्यथा नयाँ पार्टीमार्फत वामपन्थी आन्दोलनको झण्डालाई फहराइने स्पष्ट पारेका हुन् ।
उनले सही कार्यदिशामा आउन तयार भएमा अहिले एकता सम्भव नभए निर्वाचनमा तालमेल वा निर्वाचनपछि पनि सहकार्य र एकताको सम्भावना सधैँ रहने बताए । उनले आफ्ना कार्यकर्तालाई एमालेको सदस्यता नवीकरण र समानान्तर गतिविधिमा सक्रिय हुन पनि आग्रह गरे ।
आजै आफूले उपमहासचिव घनश्याम भुसालको प्रस्तावमा एकताका लागि विकल्पबारे छलफल गर्न अध्यक्ष ओली पक्षसँग पठाएको जानकारी दिँदै त्यसको प्रगति भइनसकेको बताए । उनले पार्टीले आफूसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गरेको सुनिएकोमा विरोध गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar