१ भदौ,काठमाण्डौ – न्याग्दी हाइड्रोपावरले आजदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा संस्थापक शेयरधनीहरुका लागि आइपिओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १० प्रतिशतले हुने प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरको शेयर निष्काशन गरेको छ । कम्पनीले जारी गर्ने १५ लाख कित्ता शेयरमध्ये आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बोमिजको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र)का लागि छुट्याएको छ ।
यसैगरी मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुन डाँडा गा.वि.स. र भलभुले गा.वि.स.का सम्पूर्ण वडाहरु)का स्थानीय वासिन्दाहरुलाई ५ लाख कित्ता शेयर छुट्याएको कम्पनीले जनाएको छ । यसैगरी कम्पनीले आयोजना प्रभावत क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रहरूमा बसोबास गर्ने स्थानीय वासिन्दाहरुका लागि १० लाख कित्ता शेयर तथा कम्पनीको संस्थापक शेयरधनी तथा बुटवाल पावर कम्पनी लिमिटेड र लमजुङ विद्युत विकास कम्पनी लिमिटेडका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ ।
कम्पनीको आइपिओमा न्यूनतम् १० कित्ता देखि अधिकतम् ५० हजार कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। आइपिओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन्।
आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको रहेको छ ।
आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लामा स्थायी बसोबास गर्ने नागरिकहरूको लागि निष्काशन गरिने १५ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुका लागि निष्काशन गरिने ३ लाख कित्ता र सर्वसाधारणहरुमा (सामूहिक लगानी कोषहरु तथा संस्थाका कर्मचारीहरुका लागि छुट्याएको समेत)गरी २२ लाख कित्ता कूल जम्मा ४० लाख ५० हजार कित्ता शेयर बराबरका ४० करोड ५० लाख रुपैयाँको शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँमा हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar