१ भदौ,भैरहवा – निर्माण कार्य सम्पन्न भएको पाँच महिनामै सडक भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
निर्माण सम्पन्न भएर आयोजनालाई हस्तान्तरण हुन नपाउँदै सडक भत्किएपछि विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा आयोगले भैरहवा – लुम्बिनी – तौलिहवा सडकको गुणस्तर (प्राविधिक परीक्षण अध्ययन) छानविन थालेको हो । अख्तियारले इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्यीय टोली खटाएर छानविन सुरु गरेको छ।
गत पाँच महिना अघी भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकका लागि स्तरीय सडक पूर्वाधारको अवधारणाअन्तर्गत सरकारले भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडक स्तरोन्नति गरेको गरेको थियो । विश्व शान्तिको मुहान भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने सडक भैरहवादेखि लुम्बिनीसम्म चार लेन र लुम्बिनीदेखि तौलिहवासम्म दुई लेनको बनाउन सरकारले ठेक्का आहृवान गरेको थियो ।
यसअघि भैरहवादेखि लुम्बिनीसम्मको सडक दुई लेनको थियो भने लुम्बिनीदेखि तौलिहवासम्मको सडक सिंगल लेनको थियो । पछि त्यस सडकको स्तरोन्नति गर्दै भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक निर्माण भएको हो । एशियाली विकास बैंकको सहयोगमा उक्त सडक भैरहवादेखि तौलिहवासम्म ४१ किलोमिटर छ ।
४१ किलोमिटर सडकमा दर्जनौं ठाउँमा खाल्डाखुल्डी परेका छन् । कतिपय स्थानमा त एकतर्फको सडक पूरै दबेको छ । निर्माण सकिएको पाँच महिनामै सडक भत्किएपछि अख्तियारको टोलीले सडकका विभिन्न स्थानबाट नमुना संकलन गरेको छ । अख्तियारले सडकको गुणस्तर मापनका लागि नमुना संकलन गरिएको जनाएको छ ।
नमुना संकलनमा खटिएका इन्जिनियर सुदीप आचार्यले सडकका विभिन्न ठाउँबाट नमुना लिएर गुणस्तर जाँच गरिने बताउनुभयो । ‘सडकको गुणस्तरबारे विभिन्न सञ्चारमाध्यमबाट समाचार आएपछि अख्तियारले छानविन सुरु गरेको हो’, उहाँले भन्नुभयो, ‘गुणस्तर जाँचका लागि सडकको ३०र४० ठाउँबाट नमुना लिन्छौ ।’
अख्तियारले निर्माण कम्पनी, आयोजना कार्यालय, परामर्शदातालाई समेत स्थलगतरूपमै सँगै लिएर नमुना लिइरहेको छ । ४१ किलोमिटर रहेको यो सडक भारतीय निर्माण कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले स्तरोन्नतिको जिम्मेवारी पाएको थियो । कम्पनीले एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गरेको सडक पाँच महिना नपुग्दै भत्किन लागेको हो ।
वर्षांैदेखि हुलाकी सडकको रूपमा परिचित रूपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले महत्वपूर्ण सडक हो । साँघुरो र धुलाम्मे सडकले विदेशी पर्यटकमाझ नराम्रो सन्देश गएपछि सरकारले सडक स्तरोन्नति गरेको हो । स्तरोन्नति गरेको पाँच महिनामै सडक भत्किन थालेपछि पर्यटक तथा भैरहवा लुम्बिनी आवातजावत गर्ने नागरिकले सास्ती भोग्नुपरेको छ ।
गावर कन्सट्रक्सनले २०२० जनवरी १२ सम्म निर्माण सम्पन्न गर्ने गरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य सुरु गरेको थियो । जुलाई १४ मा काम सम्पन्न गर्नेगरी सम्झौता गरेर काम सुरु गरेको भए पनि तोकिएको समयभन्दा ११ महिना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको थियो । तीन पटकसम्म भेरियसनसमेत भएको उक्त ठेक्काको लागत बढेको छ । सुरुवातमा एक अर्ब ९३ करोड ६३ लाख भए पनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ । ठेकेदार कम्पनीले नेपाल सरकारसँग बढेको रकमअनुसार भुक्तानीसमेत प्राप्त गरिसकेको छ । हिमालयन टाईम्समा समाचार प्रकाशित् छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar