३२ साउन,धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
गएराति बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक एकआपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको हो । त्यस्तै उृक्त दुर्घटनामा १२ जना घाइतेसमेत भएको ईलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ की २७ वर्षकी रेनुका कुलुङ रहेको प्रहरीले जनाएको छ । उनको आज बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ भने तीन जनाको गल्छीमा रहेको बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar