३० साउन,काठमाण्डौ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि शुरू हुँदैछ ।
आज शनिवार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू हुने बैठकमा पार्टी विधान संशोधन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रले जानकारी दिएको छ ।
सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै माओवादी केन्द्र ब्युँताएपछि पार्टीमा पुनर्संरचना गर्न लागिएको छ । यसका लागि केन्द्रीय कमिटीबाट विधान संशोधन गर्ने माओवादीको तयारी छ ।
केन्द्रीय कमिटी बैठकको तयारीका लागि शुक्रवार स्थायी कमिटी बैठक बसेको थियो । शनिवारदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar