२७ साउन,काठमाण्डौ – पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका अधिकांश नेताहरुलाई सामाजिक संजालमा अमर्यादित ढंगले टिकाटिप्पणी गर्दै आएका नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
आज (बुधबार) दिँउसो रेल्वेका महाप्रबन्धक भट्टराईले वर्तमान सरकारलाई गाली गर्दै पदबाट राजीनामा दिएका हुन् । उनले केहिबेरअघी मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका छन्। वर्तमान सरकार देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधपूर्ण अराजनीतिक ढंगले स्थापित भएको आरोप लगाउँदै उनले विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर आफूले पदीय जिम्मेवारी निभाउन नसक्ने भएकाले राजीनामा दिएका राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
‘देश र जनताविरुद्ध विभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकराले गर्ने जनविरोधी कामहरुको सहयात्री र मूकदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुक प्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजै मितिदेखि लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु’, उनले लेखेका छन् । वर्तमान सरकारले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो ।
उनले आफूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ खण्ड (घ) मा व्यवस्था नै नभएको विषयमा आरोप लगाएर स्पष्टीकरणको नाटक मञ्चन गरिएको टिप्पणी गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar