२७ साउन,काठमाण्डौ – लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो । बुधबार सो रिट आठौं नम्बरमा राखिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो एक बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ ।
अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले विशेष अधिवेशन अघि नै राजीनामा दिने तयारी गरेको चर्चाका बीच बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले अदालतको फैसला अनुसार अघि बढ्ने निर्णय गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar