२७ साउन,काठमाण्डौ – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ सूचीकृत गरेको छ ।
हिजो मंगलबार बैंकको ४ प्रतिशत व्याजदर रहेको उक्त ऋणपत्र नेप्सेले सूचीकृत गरेको हो । बैंकले हालै १ हजार रुपैयाँ अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन गरेको थियो । उक्त ऋणपत्र सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेप्सेबीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेप्सेका तर्फबाट चन्द्रसिहं साउदले हस्ताक्षर गरेका हुन् । यससँगै, बैंकको ‘कृषि ऋणपत्र’,आज बुधबार देखि दोश्रो बजारमा कारोबार हुनेछ ।
उक्त अवसरमा कृषि विकास बैंकका विभागीय प्रमुख प्रेमकुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेप्सेका प्रविन पन्दाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एनआईबिएल एस क्यापिटलका डिपुटी सीईओ मेखबहादुर थापाको उपस्थिती रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar