२५ साउन,कालीकोट – कालीकोटको रास्कोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम अनियमिता भएको भन्दै नगरपालिकामा तालाबन्दी गरिएको छ ।
रास्कोट नगरपालिका – ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकममा अनियमिता गरेको भन्दै मजदुरहरु र अन्य नागरिकहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको बताइएको छ । रास्कोट नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा कामको अवसर नपाएका बेरोजगार युवाहरु, अन्य राजनैतिक दलका नेताहरु र स्थानीयवासीले तालाबन्दी गरेको सुरेश बहादुर शाही (शेरसिंह) ले बताए ।
वडा नं. ५ का नागरिकहरुले प्रधानमन्त्री रोजगार कार्यक्रममा ४५ दिन काम गर्दा ३० दिनको मात्र रकम भएको नागरिकहरुले गुनासो गरेका छन् । रोजगारको रकम फ्रिज गएको भन्दै कामदारले पैसा नपाएपछि विरोध कार्यक्रम गर्दै रास्कोट नगरपालिकामा ताला लगाएको दिनेश शाही (इलीम) ले बताए ।
वडा नं. ५ का सम्पूर्ण मजदुरहरुले आफूले न्याय पाउँ भन्दै रास्कोट नगरपालिका तालबन्दी गरिएको अगुवाकर्ता सुरेश बहादुर शाही (सेरसिं) ले बताएका हुन् । रास्कोट नगरपालिकामा तालाबन्दी गर्ने अगुवाकर्ता दिनेश शाही (इलिम) दानबहादुर शाही (जसपाका प्रदेश सदस्य) महेन्द्रबहादुर शाही युवा प्रेमी, लक्ष्मण शाही रोजगार कार्यक्रम टोलका अध्यक्ष र प्रेम शाही (गितप्रेमी) को अगुवाईमा नगरपालिकामा तालाबन्दी गरिएको बताइएको छ ।
यस विषयमा यथार्थ बुझ्न खोज्दा नगरप्रमुख कासीचन्द्र बराल र नि. प्रमुख प्रशासकिय अधिकृत जवासिंह बमको फोन सम्पर्क भने हुन सकेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar