२५ साउन,काठमाण्डौ – सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।
साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् । रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
उक्त कम्पनीका अनुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो । कम्पनीले निष्कासन गरेको शेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकीे ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिने जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar