प्रकाशित मिति: २०७८ श्रावण २२, शुक्रबार (३ साल अघि)
२६८८ पाठक संख्या
मैले भ्रष्टाचार बिरुद्ध लड्दा जेल, ज्यान र जागिर माथि हिड्ने , आबश्यक परेका बखत बात,हात र लात पनि चलाउने । समयले जे निर्णय गर्छ । सोही मान्ने भनी कसम खाएर जागिर खाइ चार दशक पूरा गरी भ्रष्टाचारमा कुहिएको सिँनु जस्तो नगन्हाइ अबकास लिएँ । तपाइले के गर्दै हुनुहुन्छ कर्मचारी साथी ?
नेपालका योजना फेल हुनुको मूल कारण त कुल बजेट रु. १००/- मा रु. ८५/- रुपैया घुष, कमिसन, प्रतिसत, नजराना, बापत बिभिन्न ब्यक्तिले खाएर १५/- रुपैयाले पो काम हुने चलन रहेछ । धन्य नेपाली भ्रष्ट ठेकदार, कर्मचारि, नेताहरु हो मरेपछि, तिमिहरुलाई नरकमा पनि ठाँउ हुनेछैन। तपाईसँग कुनै कर्मचारी वा दलालले सरकारी वा सस्थानको काममा घुस मागेमा पैसा नलाग्ने नवर १०७ मा कल गर्नुहोस् ।
कविता :म कर्मचारी कि दलाल
कवि: प्रेमप्रसाद संजेल “खतरा”
म कानमा लाउने सुनको दलाल
म तिहुनमा लाउने नुनको दलाल
म मकैमा लाग्ने घुनको दलाल
म भेडाको जीउको उनको दलाल
म देशले लाउने गुनको दलाल
म सुरक्षामा नपर्ने सु को दलाल
म प्रजातन्त्रमा नलाग्ने कू को दलाल
म ढलमा बग्ने नर्ककोे दलाल
म आकाशमा फल्ने फलकोे दलाल
म नदेखिने खालको दलको दलाल
म किसानले लाने बीउको दलाल
म बिदेशमा बिक्ने जीउको दलाल
म सडकमा लाग्ने गिट्टीको दलाल
म कोठीमा बेच्ने ठिटीको दलाल
म डाकाको बीचको प्रीतिको दलाल
म सेवाग्राहीले लिने सेवाको दलाल
म परिश्रमीले लिने मेवाको दलाल
म बाकसमा आउने लाशको दलाल
म ठिनेमिने होईन खासबिशेष दलाल
म भूकम्प पिडितको पालको दलाल
म बाढी पिडितको दालको दलाल
म बिचौलियाको जालको दलाल
म गुण्डाले लिने कालको दलाल
म पण्डाले लिने भेटीको दलाल
म नापी र माल दुबैको दलाल
म बिकास र निकास सबैको दलाल
म घरबार-दरबार दुबैको दलाल
म मन्दिरमा बज्ने घण्टीको दलाल
म बाह्रमासे आण्टीको दलाल
म तिनपाने भट्टीको दलाल
म पहेंलो बोक्ने टट्टीको दलाल
म मेरी आमा मट्टीको दलाल
म सारै निच घट्टीको दलाल
म ज्यान मार्ने दलालको दलाल
म फरार हुने परारको दलाल
म भाडामा मिल्ने करारको दलाल
म ब्रुुश्लीजस्तो प्रहारको दलाल
म मुश्लीजस्तो दारको दलाल
म एक्सरे नदेख्ने अन्धाको दलाल
म सुन बोक्ने बन्दाको दलाल
म अत्ति कालो धन्दाको दलाल
म ईमान्दार मास्ने मज्जाको दलाल
म बेईमानी पाल्ने गज्जबको दलाल
म घुस र भुस द्धयको दलाल
म मानिस मार्ने भयको दलाल
म हालसाल बिदेश गएको दलाल
गर्छनकि कसो जनताले हलाल ।
You all the Bureaucrats of Nepal did you all take any promise to reduce corruption in Nepal ? If not when you will take ? Could Nepalese people know? this is why Nepalese people are giving you Salary and allowance although they are Ultra poor.
आजको जमनामा पनि घुश माग्ने वा खाने कर्मचारीलाई बजारमा पाइने पेन (कलम्)जस्तो सानु फोटो पनि खिच्ने,बोली पनि रेकड गर्ने गोजी क्यामरा लियर गएर घुश दिनु भयो भने सो घुश्याहालाइ प्रमाण र फोटो शाहीत पक्राउ गरी Akhtiyar ma र पत्रीकामा ऊजुरी गरेर जागिरबाट सजिलै निकाल्न सकिन्छ। किन डराउनुहुन्छ ? Himmat गर्नुहोस्
तपाईसँग कुनै कर्मचारी वा दलालले सरकारी वा सस्थानको काममा घुस मागेमा,घुस दिनुअघि,अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी टंगाल काठमाण्डौ वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कुनै पनि कार्यालयमा गई घुस दिन लागेको नगद नोटको सिरियल नंबरहरु राखी लिखित निवेदन दिई नोटहरु प्रमाणित गरी सोही रकम नै घुस दिएमा घुस्याहालाई तत्काल पक्राउ गर्न सकिन्छ । तपाईको काम पनि हुन्छ । भ्रष्टाचार नियन्त्रणमा सहयोग पनि हुन्छ ।