१४ साउन,काठमाण्डौ – अर्काकी श्रीमती लिएर फरार भएका उदयपुरका एक जनप्रतिनिधी काठमाण्डौबाट पक्राउ परेका छन् ।
गत २०७६ चैत्र ११ गते सप्तरीको सप्तकोसी नगरपालिका ५ गंगाजलीकी ३२ वर्षीया रमा कोईरालालाई लिएर फरार रहेका चौदण्डीगढी नगरपालिका ७ का ४९ वर्षीय वडासदस्य हरिमान कट्वाललाई आज काठमाण्डौको थानकोटबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दुबैजनालाई विवाह गरी लुकीछिपीसँगै बसेको अवस्थामा थानकोटबाट पक्राउ गरेको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका दुबैजनालाई बुधबार नै अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुर पठाईएकोमा अदालतले हरिमानलाई पुर्पक्षका लागि कारागार पठाएको छ भने कोइराला ५५ हजार धरौटी बुझाएर तारिखमा छुटेकी छिन् ।
अदालतका न्यायाधीश माधवप्रसाद सुबेदीले २०७७ चैत्र ३ गते फरार आरोपित हरिमानलाई पुर्पक्ष र कोईरालालाई धरौटीमा रिहा गर्ने गरी मुद्दा मुल्तवीमा राख्ने निर्णय गरेका हुन् । जिल्ला अदालतबाट फैसला भएका मुद्दामा कैद तथा जरिवाना असुल उपर गर्ने फरार प्रतिवादी पक्राउ अभियान अन्र्तगत पक्राउ परेका दुबै जनालाई बिहीबार नै प्रहरीले अदालतमा बुझाएको हो ।
घरमा श्रीमती छदै कोइरालालाई लिएर हरिमान फरार भएपछि उनीहरुविरुद्ध परिवारले २०७७ वैशाख १२ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएका थिए । कटुवालकी कान्छि पत्नि बनेकी कोइराला श्रीमानलाई छोडेर हरिमानसँग विवाह गरी फरार भएकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar