१४ साउन,काठमाण्डौ – साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
बुधबार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक बिहीबार १५ दशमलव ११ अंकले घटेर ३ हजार ७९ दशमलव ८३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४७ अंकले ओरालो लागेको छ । नेप्सेमा कारोबार हुने समूहगत सबइन्डेक्सहरु होटल तथा पर्यटन र विकास बैंक भने बढेका छन् ।
बाँकी सबै सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ । बुधबार १३ अर्ब रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब पनि पुग्न सकेन । दिनभर भएका १ लाख ६ हजार ६ सय ८२ कारोबारबाट २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँमा रोकिएको छ ।
हेर्नुस् आज धेरै कमाउने र गुमाउने कम्पनीहरुको सूचीः
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar