१२ साउन,सुनसरी – आफुमाथी यौन शोषण गरेको भन्दै नेपाल प्रहरीका सहायक निरिक्षक असई जितेन्द्रनारायण मण्डल बिरुद्ध एक महिलाले उजुरी दिएकी छन् ।
गत ९ साउनमा, सुनसरीको ट्राफिक प्रहरी पोस्ट भान्टाबारीमा कार्यरत मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा ति महिलाले उजुरी दिएकी हुन् । २३ वर्षीय महिलाले असई मण्डलविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इप्रका इटहरीले जनाएको छ।
गत २८ चैतमा इटहरी ६ स्थित अरुण होटेल एन्ड लजमा लगी असई मण्डलले आफुमाथी जबरजस्ती करणी गरेको उजुरीमा आरोप छ। त्यस्तै त्यसअघि पनि मण्डलले आफूलाई श्रीमती बनाउने भन्दै ४ वर्षदेखि भोजपुर, झापा, इटहरी, लौकहीमा डेरा गरी राखेको उजुरीमा उल्लेख गरेकी छन् ।
मण्डलकै दबाबमा दुई पटक गर्भपतन समेत गराएको उनी बताउँछिन्। गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजातसमेत आफूसँग रहेको उजुरीकर्ताको दाबी छ।
उता उजुरी पस्चात् असई मण्डललाई पक्राउ गरी म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar