१२ साउन,काठमाण्डौ – एक वर्षमा ५० अर्ब ७८ करोड ७२ लाख ७२ हजार रुपैयाँको चामल आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/२०७८ को तथ्यांक अनुसार गत असार मसान्त सम्ममा उक्त रुपैयाको चामल आयात भएको हो । विभागले सार्वजिनक गरेको तथ्यांक अनुसार यो अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढि हो । अघिल्लो वर्ष ३३ अर्ब ६५ करोड १४ लाख २९ हजार मुल्य बराबारको चामल आयात भएकमो थियो । कुल जनसंख्याको ६५ प्रतिशत जनसंख्या कृषि पेशमा रहेको देशमा वर्सेनी चामलको आयात अत्याधिक रुपमा बढ्ने क्रम भने जाारी रहेको छ ।
सो सम्वन्धमा पुर्व आपूर्ति सचिव पुरुषोत्तम ओझा बजारमा बस्तुको माग बढी हुँने र उत्पादन कम भएपछि आयात बढ्नु स्वभाविक भएपनि कृषिप्रधान मुलुक कुल जनसंख्याको ६५ प्रतिशत कृषि पेशामा संग्लन भएको देशमा चामल मात्र एक वर्षमा साढे ५० अर्ब भन्दा बढीको आयात हुनुलाई राम्रो मान्न नसकिने बताउछन । कृषिजन्य वस्तु उत्पादन गरी देशलाई आर्थिक समृद्धि बनाउने नारा, नीति र योजना मात्र बनाएर देश आर्थिक समृद्धि बन्न नसक्ने बिज्ञहरुको भनाई छ । नेपालमा स्वदेशी वस्तु उत्पादन गरी निर्यात बढाएर व्यापार घाटा कम गर्न सक्ने र कृषि क्षेत्रमा ठुलो लगानी गरेर देशलाई आर्थिक समृद्धि बनाउन सकिने आधार धेरै भएपनि कार्यान्व्यनमा आउन सकेको छैन ।
सरकारले कृषि क्षेत्रलाई आत्मभिर्नर गर्ने उद्देश्यले सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना समेत प्रभावकारी हुन सकेको छैन । परियोजना सञ्चालन गरेको ५ वर्ष भन्दा बढी भइसकेको छ । तर, परियोजनाको उद्देश्य अनुसार कृषिमा आत्मानिर्भर हुन सकेको छैन । उल्टै कृषिजन्य वस्तुको आयात वर्सेनी बढ्दो क्रममा रहेको छ । नीति तथा योजना सहि रुपमा कार्यान्वयन माग अनुसार कृषि उत्पादन हुन सकेको छैन ।
सरकारले किसानलाई दिने गरेको कृषि अनुदान समेत सहि कृषकको हातमा पुग्न नसक्नु र आवश्यता अनुसार कृषि क्षेत्रमा लगानी नबढेकाले पनि कृषिजन्य वस्तुको उत्पादन बढ्न सकेको छैन । कृषिजन्य वस्तुको आयात कम गर्न नेपालमा कृषिमा ठुलो लगानीको आवश्यकता रहेको बिज्ञहरुले बताएका छन ।
त्यसो त नेपालीहरुमा खाने बानी आएको परिवर्तनले नै पछिल्लो समय चामल आयात बढ्दै गएको आकलन गरिएको छ । चामलको आयात बढ्नुको एउटा कारण चामललाई जाड रक्सी बढी प्रयोग गर्ने र पशु दानामा पनि प्रयोग गर्ने भएकाले बढेको अनुमान गरिएको छ । सरकारी निकाय कमजोर भएको हुँदा चामलमा भन्सार शूल्क कम लाग्ने हुदा व्यापारीले भन्सार शूल्क छल्न चामलको नाममा अन्य सामान समेत ल्याएको हुन सक्ने अशंका विज्ञहरुको छ ।
नेपालमा आयात निर्यातको वास्तविक तथ्यांक व्यवस्थापन गर्ने प्रणाली नहुँदा सम्म तथ्यांक समेत समस्या देखिएको छ । नेपालबाट भारत गएको सही तथ्याकको समेत अभाव देखिएको छ । खुल्ला सिमानाबाट भारतमा पनि नेपालबाट धान चामल गएको भएपनि त्यस्को तथ्यांक देखिदैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar